दृश्य बेगर समाचार पूरा हुँदैनः ऊर्जामन्त्री खड्का

361 Shares

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दृश्य बिनाको समाचार पूरा नहुने बताउनुभएको छ ।

शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरु रहेको र समाजलाई सुसज्जित गर्नका निमित्त फोटो पत्रकारिताको महत्व अझ बढी रहेको बताउनु भयो । 

पत्रकारितामा पित पत्रकारिता हुने तर फोटो पत्रकारिता निष्पक्ष हुने उहाँको भनाइ छ । समाचार बंग्याएर आफू अनुकुल वा कसैको प्रतिकुल बनाउने कुरा पत्रारिताबाट गर्न सकिने भएपनि फोटो पत्रकारिता निष्पक्ष हुने बताउनु भयो । 

मन्त्री खड्काले फोटो पत्रकारितमा केही समस्या रहेको भएपनि आफ्नो उद्देश्यका रुपमा लिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।