सुदीप न्यौपानेको हत्याको बिरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

366 Shares

काठमाडौँ । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । 

शनिबार नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दुतावासको अगाडि प्रदर्शन गरेको हो । आतङ्कवादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा आतङ्कवादविरुद्ध ऐक्यवद्धता जनाउँदै पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको हाे । 

उनीहरुले हिन्दूको हत्या बन्द गर, पाकिस्तानी सेना मुर्दावाद, आतंकवाद मुर्दावाद, आतंककारीलाई कारबाही गर, मानवताको रक्षा गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।