काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक भेटघाट सुरु गरेका छन् ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका लामिछानेलाई आज भाजपा पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ । उनलाई परम्परागत झाँकी र फूलमालासहित भाजपा नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा लामिछानेले भाजपा अध्यक्ष नीतिन नविनसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा भारतीय पक्षले उनलाई पार्टी कार्यालयको संरचना तथा संगठनात्मक प्रणालीबारे जानकारी गराएको बताइएको छ ।
रास्वपाका अनुसार भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको थियो ।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले नेपाली समुदाय तथा समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, भ्रमणका क्रममा उनले अयोध्या समेत भ्रमण गर्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया