काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नुहुने भएकाे छ ।
सभापति लामिछानेसहितको प्रतिनिधिमण्डल पाँच दिने औपचारिक भ्रमणका लागि साेमबार भारत पुगेकाे हाे । साेही प्रतिनिधिमण्डलले भारतीय सत्तारूढ पार्टी भाजपाका उच्च नेतृत्वसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तालिका रहेको रास्वपाले जनाएको छ ।
रास्वपा प्रवक्ता मनिष झाले सत्तारू दल भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँगको भेटवार्तामा दुई दलबीच सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान हुने बताउनुभयाे।
प्रतिनिधिमण्डलले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने भएकाे छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने रास्वपाले जनाएको हाे । भाजपाको निमन्त्रणामा सोमबार दिल्ली जानुभएका सभापति लामिछाने यहि जेठ २२ गतेसम्म भारतमै रहने तालिका रहेकाे छ ।
सोमबार सभापति लामिछानेलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले स्वागत गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया