सशस्त्र प्रहरी एक जवानसहित २ जना मृत फेला

228 Shares

काठमाडाैं । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको जनाएकाे हो । त्यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको हो ।

मामाभाञ्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको प्रहरीले बताएकाे छ ।