देशका ६ प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा हुने

13 Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हाे। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, मंगलबार दिउँसाे भने देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै तथा तराई भू-भागमा भने आंशिक बादल लाग्नेछ। देशको हिमाली तथ पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यसैगरी मंगलबार राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै पहाडी भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे। तराई भू-भागमा भने मुख्यतया सफा रहने छ। 

कोशी, कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।