काठमाडौँ । भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानमा आएको आकस्मिक बाढी र लेदोसहितको पहिरोका कारण भएको अपूरणीय जनधनको क्षतिप्रति केआईईसीले गहिरो दुःख व्यक्त गरेकाे छ ।
आज साेमबार केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हाे ।
उक्त सहयोग रकम केआईईसीको मुख्य कार्यालयसहित देशभर रहेका सम्पूर्ण शाखाहरूको संयुक्त पहल र योगदानमा सङ्कलन गरी कोषमा जम्मा गरिएको हो।
अहिलेको टड्कारो आवश्यकता भनेको विपद्मा परेका नागरिकको ‘गास र स्वास्थ्य’ दुवै जोगाउनु रहेकाे केआईईसीले जनाएकाे छ । विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारहरूलाई आवश्यक राहत पुर्याउन र सरकारी स्तरबाट भइरहेका उद्धार तथा पुनःस्थापनाका कार्यहरूमा नागरिक स्तरबाट हातेमालो गर्न सहयाेग गरिएकाे केआईईसीकाे भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया