17
Shares
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बाढीपछि गरिएको खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा हालसम्म १४ जनाको शव फेला परेको हो ।
बाढीले नदी आसपासका बस्ती तथा संरचनामा समेत ठूलो क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ ।
बाढीका कारण अझै केही व्यक्ति सम्पर्कविहीन रहेको आशंका गरिएको छ । उद्धार टोलीले जोखिमपूर्ण क्षेत्रमा समेत खोजी कार्यलाई निरन्तरता दिइरहेको छ । घटनाको विस्तृत क्षतिको विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया