65
Shares
काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनाका अर्का एक जना घाइतको पनि मृत्यु भएको छ ।
प्रहरीले त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा रविन्द्र मेहताको मृत्यु भएको जनाएकाे हो । हिन्दु र मुस्लिम दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका २ युवाको मृत्यु भएको थियो । कप्तानगन्ज घटनामा मेहतासँगै मृत्यु हुनेको संख्या ३ जना पुगेकाे छ।
अर्का एक युवाको सिरहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया