62
Shares
एजेन्सी। दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन खस्दा ३ बालबालिकासहित ७ जनाको मृत्यु भएको छ।
साेही घटनामा परी ४० जना घाइते भएका हुन्। रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभले घाइते मध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको बताउनुभएकाे छ। युक्रेनले जानीजानी सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको उहाँले आरोप लगाउनुभयाे।
युक्रेनले भने यस घटनाकाे बारेमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया