सिन्धुलीको फिक्कलबाट यात्रुसहित कार सुनकोशीमा खस्यो

100 Shares

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरबाट यात्रुसहितको कार सुनकोशी नदीमा खसेको छ ।

सोमबार बिहान करिब साढे ११ बजे कार नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कारमा कति जना यात्रु थिए भन्ने यकिन भइसकेको छैन । यद्यपि, प्रारम्भिक सूचनाअनुसार कारमा तीनदेखि चार जना यात्रु सवार रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले बताए ।

‘हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी सिंहले भने, ‘कार नदीमा पूर्ण रूपमा डुबेको जानकारी आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ ।