काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न १० जनाको नाम सर्टलिस्टमा

67 Shares

काठमाडौं । विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ ।‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार १० जना उम्मेदवारहरूको नामावली छनोट गरिएको हो ।छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् ।संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूका सम्बन्धमा कुनै रायसुझाव दिन चाहने व्यक्तिहरूका लागि साउन २० गतेसम्म उपलब्ध गराइएको गुगल लिङ्कमार्फत आफ्ना सुझावहरू पठाउनसकिने व्यवस्था गरिएको छ संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने भएको छ ।

 

1785740955-kbNzK.jpg