आज श्रावणको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

58 Shares

काठमाडौं । चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत ठूलासाना सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ ।यस्तै, साउन महिनाको तेस्रो सोमबारका अवसरमा तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका बोलबम भक्तजन काठमाडौंको सुन्दरीजल पुगेका छन् ।भक्तजनहरूले सुन्दरीजलस्थित पवित्र जलस्रोतमा स्नान गरी कलशमा पवित्र जल भरेपछि भगवान् शिवको जयजयकार गर्दै पदयात्रामार्फत पशुपतिनाथ मन्दिरमा पुगेका छन् ।साउन महिनामा भगवान् शिवको विशेष पूजा आराधना गर्ने धार्मिक परम्पराअनुसार प्रत्येक सोमबार सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथमा चढाउने चलन छ। यस अवसरमा सुन्दरीजल क्षेत्रमा पनि बिहान सबेरैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ ।