श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे रवि लामिछाने

53 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर सभापति लामिछानेले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।  श्रेष्ठको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने भएको छ ।बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिन शोक मनाउने निर्णय गरेको हो