73
Shares
काठमाडौं । इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परको छ । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँको प्रदेश सरकार अल्पमतमा परेको हो ।
आज सरकारमा सहभागी एमालेका उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, विना विभागीय मन्त्री किरण थापा, विना विभागीय मन्त्री भरतबहादुर केसी, विना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा सामूहिक राजीनामा बुझाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया