भक्तपुरका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि, ४८ हजार बढी कुखुरा नष्ट

10 Shares

काठमाडाैं । भक्तपुरकाे चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ ।

बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७ सय ९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठले बताउनभएकाे हाे । बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा ९ हजार ३ सय ७८ कुखराहरू नष्ट गरिएको उहाँले बताउनुभयाे ।

कार्यालयले जिल्लामा ४८ हजार १ सय ७३ कुखुरा नष्ट गरेको जनाएकाे छ । बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा समेत नष्ट गरिएको हाे ।