इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजमाथि कर नलगाउने राष्ट्रपति ट्रम्पकाे विश्वास

9 Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने विश्वास व्यक्त गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले बुधबार राति सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले इरानबाट प्राप्त जानकारी अनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असशुल नगरिने उल्लेख गर्नुभएकाे छ। उहाँले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै ती विवरणहरू वास्तविकता भन्दा फरक रहेको दावी गर्नुभयाे ।

इरानले दिएको जानकारी गलत सावित भएमा अमेरिका र इरानबीच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी समेत दिनुभयाे । अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद जारी रहेकाे समयमा राष्ट्रपति ट्रम्पलेकाे यो अभिव्यक्ति आएको छ।