फिफाले गर्याे एन्फालाई निलम्बन

11 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि प्रतिबन्ध लगाएको छ ।

बिहीबार बिहान फिफाले अर्काे सूचना नआएसम्मका लागि एन्फामाथि अनिश्चितकालीन निलम्बन गरेको हो ।

फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम नेपाललाई निलम्बन गरेको जनाएको छ । नेपाली फुटबल इतिहासमा फिफाबाट नेपाल प्रतिबन्धित भएको यो पहिलो घटना हो ।

यो निर्णयसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ ।

फिफाले एन्फालाई पठाएको निलम्बन पत्र