फरार प्रतिवादी २६ वर्षपछि गोदावरीबाट पक्राउ

13 Shares

सुदूरपश्चिम । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै २६ वर्षदेखि फरार प्रतिवादीलाई कैलाली प्रहरीको टोलीले पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका–११ का ५९ वर्षीय काले कामीलाई सोही ठाउँबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

विसं २०५६ असार ११ गतेदेखि फरार रहेका कामीलाई सोही ठाउँमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा कामीलाई सात वर्ष एक महिना १४ दिन कैदको फैसला गरेको थियो ।