अध्यादेश विवादबीच रवि लामिछानेको पुरानो स्ट्याटस फेरि चर्चामा

20 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तीन वर्षअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटस पुनः चर्चामा आएको छ ।

उक्त स्ट्याटसमा उनले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने अभ्यासको कडा आलोचना गर्दै त्यसलाई नयाँ जनादेशको मर्मविपरीत बताएका थिए । साथै उनले त्यस्तो निर्णय तत्काल फिर्ता लिनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

हाल भने रास्वपाकै सरकार सत्तामा रहेको छ भने प्रधानमन्त्रीमा बालेन्द्र शाह छन् । सोही सरकारद्वारा अध्यादेश ल्याउने तयारी गरिएपछि लामिछानेको पुरानो अभिव्यक्ति पुनः चर्चामा आएको हो ।

राजनीतिक वृत्तमा यसलाई सत्तामा पुगेपछि दलहरूको धारणा परिवर्तन हुने प्रवृत्तिको उदाहरणका रूपमा समेत हेरिएको छ ।