काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सिट प्राप्त गरेका राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ ।
आयोगले बिहीबार समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाउँदै सम्बन्धित दलहरूलाई उम्मेदवार छनोट गरी पठाउन निर्देशन दिएको हो ।
आयोगका अनुसार समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका छन् । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २० सिट पाएको छ ।
त्यसैगरी नेकपा एमालेले १६ सिट, नेपाल कम्युनिस्ट पार्टीले ९ सिट प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४/४ सिट पाएका छन् ।
समानुपातिक प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतको आधारमा प्रतिनिधिसभामा सिट संख्या निर्धारण हुने व्यवस्था रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया