मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण नगर्न विभागकाे आग्रह

316 Shares

काठमाडौँ ।  मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै जल तथा मौसम विज्ञान विभागले ध्यानाकर्षण भएको जनाएको छ। 

विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नगर्न अनुरोध गर्दै विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गरेकी छन् । 

“हाल विभिन्न व्यक्ति तथा निकायहरूले सामाजिक सञ्जाललगायतका माध्यमहरूमार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट पूर्व सूचनाहरू सम्प्रेषण गर्ने कार्य भइरहेका कारण सर्वसाधारणमा अन्योल सिर्जना भई जनगुनासाहरू प्राप्त भएकाले यस विभागको ध्यानाकर्षण भएको छ ।” विज्ञप्तिमा भनिएकाे छ ।

mausam-notice.jpg

मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अति संवेदनशील विषय भएकाले आधिकारिक सूचना प्रयोग गर्न अनुरोध गरिएकाे छ ।