धुलिखेलमा बहल्टारेश्वर मन्दिरकाे शिलान्यास

409 Shares

धुलिखेल । बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास गरिएको छ ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रम बीच जेठ १७ गते मन्दिरको शिलान्यास  गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख निराजन जङ्गम र धुलिखेल - ८ का वडा अध्यक्ष बिनोद गौतमले मन्दिर निर्माण  कार्यमा तीब्रता दिई सम्पन्न गर्न सक्दो सहयोग पुर्‍याउने बताउनुभयो । 

नगर प्रमुख ब्यान्जुले मन्दिर निर्माणको लागि बजेट अभाव  हुन नदिने बताउँदै यसको सम्पन्नताले धार्मिक पर्यटन क्षेत्रको सम्भावना बढदै गएको बताउनुभयो । प्रतिष्ठानका सचिव  गणेश बडालले नगरपालिकाले चालू आर्थिक वर्षको ३० लाख बजेट बिनियोजन गरेकोमा यस वर्ष असारसम्ममा १० लाखको काम गरिने बताउनुभयो । नगरपालिकाले ६० प्रतिशत र प्रतिष्ठानले ४० प्रतिशत बजेट ब्यवस्थापन गरि मन्दिर निर्माण गरिने प्रतिष्ठानका अध्यक्ष रामहरि बडालले बताउनुभयो । 

8f1d2a19-f4ab-4f21-8906-5bd1f276b6e1.jpg

गत २०८० चैतमा जनचेतना युवा समुहका अध्यक्ष रमेशप्रसाद न्यौपानेको टिमको सक्रियतामा  श्रीमद्भभागवत महायज्ञ सन्चालनबाट ५५ लाख र स्थानीय  तिर्थप्रसाद बडालबाट ३ आना जग्गा  दान गरेसँगै मन्दिर निर्माण प्रक्रियाको सहजीकरण भएको जनचेतना युवा  समुहका सचिव नवराज बडालले बताउनुभयो । मन्दिर निर्माणको जिम्मेवारी लिनुभएका स्थानीय रेश रोक्काको टोलीले कार्य प्रारम्भ गरेको छ।