आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तो छ

59 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो । 

त्यसैगरि आज युरो १ को खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा छ। त्यस्तै आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा छ। 

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३१ पैसा छ।  आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५५ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।