प्रतितोला १ हजार ४०० ले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

89 Shares

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । 

जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा १ लाख ९२ हजार २०० कायम थियो । 

यता चाँदीको मूल्य भने केही बढेको छ । बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार ९६० रुपैयाँ कायम भएको हो ।