दोस्रो सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने

368 Shares

काठमाडाैं । वैशाख १८ देखि २० गतेसम्म सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सम्मेलन नेपाल इन्स्टिच्युट अफ मेण्टल हेल्थको आयोजनामा चितवन मेडिकल कलेजमा हुन लागेको आयोजक समितिका संयोजक अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गाउँ र जिल्लामा बस्नेहरुलाई समेत मानसिक स्वास्थ्यका बारेमा जानकारी दिने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । उहाँले सम्मेलनमा एक सयभन्दा बढी प्रश्तुतीकरणहरु हुने बताउनु भयो ।  

सम्मेलनले मानसिक स्वास्थ्यसम्बन्धी घोषणा पत्र जारी गर्ने आयोजकले जानकारी दिएको छ । यसअघि पहिलो सम्मेलन जुम्लामा भएको थियो ।