काठमाडौं महानगरपालिकाले पछिल्लो ४३ महिनामा एक लाख ६०६ जनालाई निःशुल्क कानुनी सेवा प्रदान गरेको जनाएको छ । बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अवस्था कमजोर भएका तथा न्यायमा पहुँच पु¥याउन कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
२०७९ चैत २ गते सुरु गरिएको यस सेवामार्फत नागरिकलाई कानुनी परामर्श उपलब्ध गराइँदै आएको छ । महानगरले विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा कानुन विषय अध्ययनरत विद्यार्थीलाई प्रशिक्षार्थीका रूपमा परिचालन गरी सेवा प्रदान गरिरहेको छ ।
निःशुल्क कानुनी सेवा लिनेमा ४२ हजार १८८ महिला, ११ हजार ४६३ ज्येष्ठ नागरिक, ४५६ अपाङ्गता भएका व्यक्ति र १७५ बालबालिका रहेका छन् । डंगोलले आर्थिक अभावका कारण नागरिक न्यायबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्दै सबैको न्यायमा समान पहुँच स्थापित गर्नु महानगरको उद्देश्य रहेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया