खुलेको हिमाल र पहेँलपुर धानखेतले लोभ्यायो मन

53 Shares

मौसम खुलेसँगै हिमालको मनमोहक दृश्य र पाकेर पहेँलपुर बनेका धानखेतले रामेछापको प्राकृतिक सौन्दर्य थप आकर्षक बनेको छ । तामाकोशी नदी किनारका फाँटमा लहलहाएको धानबालीले गाउँको दृश्यलाई मनमोहक बनाएको छ ।

धान पाकेर पहेँलै भएपछि किसानहरू बाली भित्र्याउने तयारीमा जुटेका छन् । महिनौँको मेहनतपछि खेतमा धान पाकेसँगै किसानमा बाली थन्क्याउने चटारो बढेको छ । सुनौलो धानले ढाकिएका फाँट र खुलेको हिमालको दृश्यले ग्रामीण परिवेशको सुन्दरता झनै बढाएको छ ।

प्रकृति र कृषि जीवनको सुन्दर मेल देखिने यस्ता दृश्यले गाउँको मौलिक पहिचान झल्काउनुका साथै ग्रामीण क्षेत्रको आकर्षणलाई पनि उजागर गरेका छन्।