15
Shares
काठमाडौं । बडादसैँको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरू आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन्। नेपाली परम्पराअनुसार दसैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ।
दसैँले टाढिएका आफन्त तथा परिवारजनबीच भेटघाट र पुनर्मिलनको अवसर प्रदान गर्नुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा बढाउने विश्वास गरिन्छ।
टीका र आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहल बढेसँगै सडक तथा बजारमा सर्वसाधारणको आवागमन बढेको छ। यसैबीच, दसैँ मनाउन सहरबाट गाउँ गएकाहरू पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया