प्रतिनिधि-सभाको बैठक आज पनि बस्दै:(कार्यसूचीसहित)

20 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्दैछ।

सिंहदरबारमा शुक्रबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने संसद सचिवालयले जनाएकाे हाे। बैठकमाअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौ‌संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रुहेकाे छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे।