एजेन्सी । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् ।
क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागकाअनुसार गत बुधवार बिहान नेपालतर्फबाट शुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पु¥याएको हो ।
शुक्रवार अपराह्न ३ बजेसम्मको प्राप्त विवरणअनुसार पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू अझै बेपत्ता रहेका छन् । हाल उद्धारकर्मीहरू पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगिसकेका छन् ।
बेपत्ताहरूको खोजी तथा राहत कार्यका लागि सुरक्षाकर्मी र उद्धार टोलीहरूले आफ्नो परिचालनलाई थप तिब्र बनाएका छन् । हवाई माध्यमबाट प्राप्त दृश्यहरूमा उद्धार कार्यलाई व्यापक रूपमा अगाडि बढाइएको देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया