29
Shares
एजेन्सी। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज तथा उद्धार र पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।
रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार तथा राहत वितरण कार्यमा जुटिसकेकाे भन्दै आईएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रह गरेको हाे ।
आईएफआरसीका महासचिव जगन चापगाईंले भोटेकोसी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया