नेकपा संसदीय दलका नेता दाहालकाे स्वकीय सचिवमा रूकुमका रावल नियुक्त

129 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता पुष्पकमल दाहालले केशव रावललाई आफ्नो स्वकीय सचिवमा नियुक्त गर्नुभएकाे छ।

सिस्ने गाउँपालिका–८, रुकुम (पूर्वी भाग) निवासी रावललाई संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा ५ (१) अनुसार प्रतिनिधिसभा सदस्यको रूपमा पाउने कर्मचारी सुविधा अन्तर्गत नियुक्त गरिएको हो ।

रावलले नेता दाहालले आफूलाई स्वकीय सचिवमा गत साउन ५ गते नै नियुक्त गरेको पत्रसहितको तस्बिर सार्वजनिक गर्नुभएकाे छ।