बालिका हत्या प्रकरणको बिरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् । सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । जीतपुरसिमरा–२ घर भएका १६ वर्षीय बालकले गरिमालाई बलात्कारपछि हत्या गरेको खुलेको हो । सोही घटनामा संलग्नता भएको आशंकामा प्रहरील बालकलाई मंगलबार राति पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बालकले बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान रहेको घरमा लगेको बलात्कार गरेको खुलेको हो । बलात्कारपछि उलने हत्या गरेका हुन् । साउन ३१ गते बेपत्ता भएकी बालिकालाई सोही दिन हत्या गरेको बयान बालकले प्रहरी समक्ष दिएका छन् । प्रहरीले बालकलाई स्वास्थ्य जाँच गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ भने बालिकाको शव शल्यपरीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
बालिकाको शव फेला परेको केही बेरमै प्रहरीले बालकलाई पक्राउ गरेको हो । यता घटनाको विरोधमा स्थानीयले बुधबार पथलैया–वीरगन्ज सडकखण्डमा प्रदर्शन गरेका छन् । दोषीमाथि कडा कारवाहीको माग राख्दै स्थानीयले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले दोषीलाई हदैसम्मको कारवाही गरिने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया