17
Shares
काठमाडौं / नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताहरूको निवास दुःख–सुख साट्ने, भरोसा र विश्वासको केन्द्र बन्नुपर्ने बताएका छन्।अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियामाथि भएको भनिएको घटनापछि भट्टराईले फेसबुकमा लेखेका छन्, “पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरू दुःख साट्ने, सुख बाँड्ने र प्रेमिल वातावरणका केन्द्र बन्नुपर्छ। नत्र दुःख पर्दा जाने कहाँ?”सोमबार ओली निवासमा भएको छलफलका क्रममा थपलियामाथि कडा आलोचना भएको र त्यसपछि उनी बेहोस भएर अस्पताल भर्ना भएको दाबी गरिएको छ। घटनाबारे एमाले नेतृत्वले भने औपचारिक प्रतिक्रिया दिएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया