कांग्रेस सांसदका लागि ‘रिपोर्ट कार्ड’ अनिवार्य, जनसरोकारका मुद्दामा बढी जिम्मेवार बन्न निर्देशन

21 Shares

नेपाली कांग्रेसले सांसदहरूको कार्यसम्पादनलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन ‘सांसद समन्वय सम्बन्धी कार्यादेश २०८३’ लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार सांसदहरूले संसद्मा उठाएका जनसरोकारका विषय, सरकारको ध्यानाकर्षण गराएका मुद्दा र प्राप्त उपलब्धिसहित नियमित ‘रिपोर्ट कार्ड’ बुझाउनुपर्नेछ। साथै, तोकिएको जिल्लामा समन्वय संयन्त्र निर्माण गरी नागरिक, स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग नियमित संवाद गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, किसान, सुकुम्वासी तथा सेवा प्रवाहका समस्या संसद्मा उठाउनुपर्ने व्यवस्था गरिएको छ। कांग्रेसले यसले सांसदलाई थप उत्तरदायी बनाउने, नागरिकसँगको दूरी घटाउने र संसदीय निगरानीलाई प्रभावकारी बनाउने जनाएको छ।