राप्रपाको केन्द्रीय बैठक बस्दै

27 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको अधिवेशन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपाका एक नेताका अनुसार बैठक साउन २० गते बुधबारका लागि दिउँसो बस्ने गरि बैठक बोलाइएको हो । समसामयिक राजनीतिक परिस्थितिको समिक्षा,आसन्न महाधिवेशनको तयारी,पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल हुने बताईएको छ खास गरि पार्टीको महाधिवेशनमा एजेण्डा के के तय गर्ने भन्नेमा पनि बैठकमा छलफलका हुने छन् ।