संघीय संसद-अन्तर्गत प्रतिनिधि सभाकाे बैठक आज बस्दै (कार्यसूचीसहित) बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिंने

38 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ ।

संसद सचिवालयले सिंहदरबारमा बैठक मंगलबार दिउँसो १ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैठाैं वार्षिक प्रतिवेदन आव २०८१/८२ पेश गर्ने कार्यसूची रहेकाे छ। बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने पनि सचिवालयले जनाएकाे हाे ।

नेता आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनः स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्वासीलाई तत्काल लालपूर्जा वितरण गराउन आवश्यक भएकाले भन्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे छ।

साेही प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेकाे हुन् ।