संसद्मा फेरि चर्कियो विरोध, विपक्षी दलहरू उभिएर अवरोध

21 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बिहीबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका छन् । अहिले सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका छन् । गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहले उठेर विरोध गर्दै आइरहेका छन् ।