गृहमन्त्री र प्रधानमन्त्री को राजीनामा माग गर्दै एमाले

132 Shares

काठमाडौं । नेकपा एमालेले सुनसरीमा भएको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाइन्। उनले यति ठूलो घटना हुँदा पनि प्रधानमन्त्रीको भूमिका नदेखिएको भन्दै सरकारको नेतृत्वमाथि प्रश्न उठाइन्।अर्यालले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताइन्।