कांग्रेस सांसद परियारको टिप्पणी: ‘काठमाडौंमा सरकार छैन, देशको राजधानी चितवन सरेको अनुभूति भयो’

8 Shares

काठमाडाैं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक साता यता काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दे आपत्ति जनाउनुभएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले देशको राजधानी काठमाडौंबाट चितवन सरेजस्तो अनुभुति भएको टिप्पणी पनि गर्नुभयो । यहि असार ७ गतेदेखि सत्तत्रारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ । उहाँले रास्वपा महाधिवेशनको कारण संघीय संसद र सरकारका काम कारबाही समेत प्रभावित हुन पुगेको बताउनुभयो ।

सांसद परियारले सरकार चितवनतर्फका कार्यक्रममा व्यस्त रहँदा आफू भने अधिकारबाट वञ्चित र अन्यायमा परेको गुनासो गर्दै आन्दोलनरत नागरिकलाई भेट्न माईतीघर पुगेको बताउनुभएकाे छ । उहाँले कक्षा १२ को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप पनि लगाउनुभयो ।

सांसद परियारले अन्यायमा परेका विद्यार्थीसँगै आन्दोलनरत सबै नागरिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभएकाे छ।