काठमाडौं । चर्चित भिडियो निर्देशक तथा चलचित्र निर्देशक संगीत सागर बुुर्जाको निर्देशनमा “मायालुको घुर्की प्यारो” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत बाबुल गिरी अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा चर्चित संगीतकार तथा गायक बाबुल गिरी र चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ। गीतको शब्द, संगीत, मिक्सिङ मास्टरिङ स्वयं बाबुल गिरीले नै गरेका हुन् भने रेकर्डिङको जिम्मेवारी शंकर सिंह ठकुरीले सम्हालेका छन्।
म्युजिक भिडियोको निर्देशन संगीत सागर बुर्जाले गरेका छन्। भिडियोमा चर्चित मोडल शिल्पा पोखरेल र रोशन तामाङको आकर्षक अभिनय देख्न सकिन्छ। सिनेमेटोग्राफी मुकेश हुमागाईंको टिमले गरेका हुन भने सम्पादन पदम सुवेदीले गरेका छन्।
प्रेम र भावनाको सुन्दर कथावस्तुमा आधारित गीतले दुई प्रेमी–प्रेमिकाबीचको माया, विश्वास र आत्मीय सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। उत्कृष्ट शब्द, मधुर संगीत र आकर्षक भिडियो निर्देशनले “मायालुको घुर्की प्यारो” बोलको गीतले छोटो समयमै दर्शकको मन जित्न थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया