जबरजस्ती करणी अभियोगमा ३ जना पक्राउ

13 Shares

काठमाडौँ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने कैलाली घोडाघोडी नगरपालिका–१० घर भएका २२ वर्षीय गणेश विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गणेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै पर्वत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवास नगरपालिका–९ ओख्रेनी बस्ने ६८ वर्षीय बल बहादुर पौडेल क्षेत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी इलाम, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका–३ माझगाउँ सिंहमाई टोल बस्ने ६० वर्षीय माईला भन्ने बुद्ध प्रकाश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बुद्ध प्रकाशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।