२५ सय ५० जना सवारीचालक नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा

10 Shares

काठमाडौं । गत २४ घण्टामा दुई हजार ५ सय ५० जना सवारीचालक सवारी नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा १७ लाख २४ हजार ५ सय ३ रूपैयाँ राजस्व दाखिला भएको जनाएकाे हाे । मादकपदार्थ सेवन गरेको १ सय २, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ४० र तीव्रगतिमा सवारीसाधन चलाएकाे आराेपमा २ सय ७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएकाे छ ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ८, निर्धारित मापदण्ड भन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७ सय ४६ जनालाई कारबाही गरिएको हो ।