जावलाखेलमा अत्याधुनिक ‘बाेस ब्राण्ड स्टोर’ सञ्चालनमा

11 Shares

काठमाडाैं । ललितपुरको जावलाखेलमा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्राइभेट लिमिटेडले जर्मन प्रविधिका प्रसिद्ध घरायसी सामग्रीको नयाँ ‘जावलाखेलमा अत्याधुनिक ‘बाेस ब्राण्ड स्टोर’ सञ्चालनमा’ सञ्चालनमा ल्याएको छ ।

ललितपुरमा मंगलबार एक विशेष समारोहकाबीच साेही स्टोरको औपचारिक उद्घाटन गरिएको हो । बिएसएच होम एप्लायन्सेस इण्डियाका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सेफ खानले उक्त स्टोरको समुद्घाटन गर्नुभयो । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले ग्राहकहरूलाई जर्मन प्रविधिको उच्च गुणस्तर र नवीनताको प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले यो अत्याधुनिक स्टोर डिजाइन गरिएको बताउनुभएकाे छ ।

जावलाखेलस्थित अल्का अस्पतालको विपरित दिशामा सञ्चालनमा ल्याइएको यस स्टोरमा ग्राहकहरूले बोस ब्राण्डका विभिन्न अत्याधुनिक घरायसी उपकरणहरूको अवलोकन तथा खरिद गर्न सक्ने भएका छन् । यस नयाँ स्टोरमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र उत्कृष्ट सेवा पुर्‍याउने लक्ष्य लिइएको कम्पनीले जनाएको हाे ।