8
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र स्थगित भएको छ ।
सोमबार बिहानैदेखि बन्दसत्र सुरु गर्ने तालिका थियो । तर, महाधिवेशन प्रतिनिधिमा रहेको विवाद टुंगिन नसक्दा आज (सोमबार) का लागि बन्दसत्र स्थगित गरिएको हो ।
बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ ।
बन्दसत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ । रास्वपाको महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया