काठमाडौँ । संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व आफ्नो रणनीति तय गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिँदै छ । बजेट भाषणको अघिल्लो दिन बस्न लागेको यस बैठकलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र संसद्मा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत सदस्यहरूबीच विचार विमर्श हुने संसदीय दलले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया