भारत सरकारको निमन्त्रणामा रवि लामिछाने जेठ १८ गते नयाँदिल्ली जाँदै

43 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत सरकारको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि जेठ १८ गते नयाँदिल्ली जानुहुने भएको छ ।

नेपाल–भारत सीमा विवाद र कूटनीतिक तनाव बढिरहेको समयमा यो भ्रमण हुन लागेको भए पनि दुवै पक्षबाट औपचारिक घोषणा भने गरिएको छैन। नेपाल सरकारले भने लामिछानेको भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको छ ।

भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीसँग भेट गर्ने तयारी रहेको बताइएको छ।

यस्तै, विदेश सचिव मिश्रीको काठमाडौँ भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा यो भ्रमण हुन लागेको चर्चा छ। तर सरकारका प्रवक्ता सस्मित पोखरेलले सभापति लामिछानेको भारत भ्रमण प्रधानमन्त्रीसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन्।