काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले दलीत समुदायको उत्थानको लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद विश्वकर्माले दलित समूदायलाई न्याय दिने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले हिरासतमा आत्माहत्या गर्नेहरुको संख्या बढदै जाँदा पनि सरकार गम्भिर नभएको भन्दै आपत्ति समेत जनाउनु भयो ।
सांसद विश्वकर्माले भन्नुभयो,‘इन्सेकको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा मात्रै ८८ जनाको हिरासतभित्र मृत्यु भएको छ ।
त्यसमा ५२ प्रतिशतमा दलित र सिमान्तकृत समूदाय परेका छन् । र, ५६ प्रतिशत मृत्यलाई आत्माहत्याको रुपमा वर्गीकरण गरिएको छ । श्रीकृष्ण विकको मृत्युलाई आत्माहत्या भनिनु नौला नहोला । तर हिरासतभित्र हुने अधिकांश मृत्युलाई आत्माहत्या भनिनु स्वभाविक छैन ।
त्यसैले पीडितलाई न्याय दिने कुरामा सरकारले ढिलाई नगरोसबाचा पत्रका प्रमुखता पाएको दलित समुदायलाई न्याय दिँदा र बजेट विनियोजन गर्दा प्राथमिकतामा राखियोस भनि निवेदन गर्न चाहन्छु ।’ सांसद विश्वकर्माले सरकारले दलित समूदायको हित प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया