48
Shares
काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार राति बसेको रास्वपा सचिवालय बैठकले वडा, पालिका र जिल्ला तहसम्मका भेला तथा अधिवेशनको तालिका स्वीकृत गरेको हो । बैठकको निर्णय अनुसार आगामी जेठ ३ र १६ गते वडा अधिवेशन हुने भएकाे छ। जेठ १० र १७ गते पालिका अधिवेशन हुने भएकाे हाे ।
सचिवालय बैठकले २३ र २४ जेठमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले यहि बुधबार बस्नेगरि केन्द्रीय समितिको बैठक समेत बाेलाएकाे हाे । महाधिवेशनको कार्यतालिका स्विकृत गर्न केन्द्रीय समितिको बैठक बेलाएको रास्वपाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया